२०८१ बैशाख १५
Home MarketIPO आईपीओ निष्कासन गर्दै थप एक कम्पनी

आईपीओ निष्कासन गर्दै थप एक कम्पनी

by laganisutra

काठमाडौं । संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २५ प्रतिशत अर्थात रु।१०० अंकित दरका २५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो ।

कम्पनीले आईपीओ निष्कासन प्रयोजनका एनआईसी एशिया क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यससम्बन्धि कम्पनी र क्याटिलबीच आईडिया टु आईपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी र कम्पनीका तर्फबाट अध्यक्ष सौरभ अर्यालले हस्ताक्षर गरेका छन् ।

संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले संखुवासभा जिल्ला स्थित सभाखोलामा दुईवटा जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । जसमध्ये ९।४१२ मेगावाटको सुपर सभाखोला जलविद्युत आयोजना र ४।१ मेगावटको सुपर सभाखोला साना जलविद्युत आयोजना रहेका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.