२०८१ बैशाख २४
Home MarketIPO आइपिओ जारी गर्दै क्लासिक भ्यू रिसोर्ट

आइपिओ जारी गर्दै क्लासिक भ्यू रिसोर्ट

by laganisutra

काठमाडौं । क्लासिक भ्यू रिसोर्टले पब्लिकका लागि आईपीओ जारी गर्ने भएको छ । रिसोर्ट र एनआईसी एशिया क्यापिटलबीच आइपिओ जारी गर्न आज सम्झौता भएको हो ।

सम्झौता अनुसार कम्पनीको आइपिओको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । कम्पनीले जारी पूँजीको १४ प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरका १० लाख ५० हजार कित्ता आइपिओ सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

उक्त रिसोर्ट सञ्चालनका लागि भारतीय ब्रान्ड सरोबरको रोयल टुपिल ब्रान्डसँग सम्झौता गरेको जनाएको छ । काठमाडौंको बुढानिलकण्ठमा १९ रोपनी क्षेत्रफलमा रिसोर्ट निर्माणाधीन अवस्थामा रहेको छ । एनआईसी एशिया क्यापिटलले आइडिया टु आइपिओ अन्तर्गत विभिन्न सेवा उपलब्ध गराइरहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.