२०८१ बैशाख १५
Home Market आजसम्म कायम सेयरधनीले हिमालयन रिइन्स्योरेन्सको बोनस सेयर पाउने

आजसम्म कायम सेयरधनीले हिमालयन रिइन्स्योरेन्सको बोनस सेयर पाउने

by laganisutra

काठमाडौं । आज आइतबारसम्म कायम सेयरधनीले मात्रै हिमालयन रिइन्स्योरेन्सको सेयर बोनस पाउने छन् । आइतबारसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले कम्पनीद्वारा यसअघि घोषित ४ प्रतिशत सेयर बोनस पाउने र साधारणसभामा सहभागी हुन सक्ने छन् ।

कम्पनीले लाभांश प्रयोजनका लागि सोमबार बुक क्लोज तय गरिएको सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । सो बमोजिम अघिल्लो दिनसम्म कायम सेयरधनी मात्रै लाभांश पाउन र साधारणसभामा सहभागी हुन हकदार हुन्छन् ।

फागुन २० गते राष्ट्रिय सभागृहमा कम्पनीको साधारणसभा बस्दैछ । साधारणसभामा बोनस सेयरपछि कायम हुने चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव समेत कम्पनीले लैजानेछ । संस्थापक समूहबाट १ जना र साधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालकहरु पनि साधारणसभाले चुन्नेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.