२०८१ बैशाख २६
Home Business लामो समयपछि बढ्यो सेयर बजार

लामो समयपछि बढ्यो सेयर बजार

by laganisutra

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले बढेको छ। नेप्से २२.७५ अंकले बढेर २०२६.८१ को विन्दुमा उक्लिएको छ।

आज ३११ कम्पनीको १ करोड १२ लाख १० हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार बढ्दा १९० कम्पनीको सेयरभाउ उकालो लागेको छ भने ४८ कम्पनीको सेयरभाउ घटेको छ। यो दिन ७ कम्पनीको सेयरभाउ स्थिर रहेको छ।

आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सी होटलका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ९५ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

गोर्खाज फाइनान्स १९ करोड ४ लाख रुपैयाँ,सूर्यज्योति लाइफ ११ करोड २९ लाख रुपैयाँ,सर्वोत्तम सिमेन्ट ९ करोड ९३ लाख रुपैयाँ,नेपाल फाइनान्स ८ करोड ७९ लाख रुपैयाँ,शिवम सिमेन्ट ६ करोड ७० लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स ६ करोड ३२ लाख रुपैयाँ,सोनापुर मिनरल्स ६ करोड १४ लाख रुपैयाँ,जानकी फाइनान्स ५ करोड ५१ लाख रुपैयाँ,पोखरा फाइनान्स ५ करोड १९ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.