२०८१ बैशाख २०
Home MarketIPO लामो समयदेखि रोकिएको आइपिओ निष्कासन प्रक्रिया सुरु

लामो समयदेखि रोकिएको आइपिओ निष्कासन प्रक्रिया सुरु

by laganisutra

काठमाडौं । लामो समयदेखि रोकीएको साधारण सेयर ९आइपीओ० अब केही दिनमा नै खुला हुने भएको छ ।

अर्थमन्त्री बर्षमान पुनको निर्देशन लगत्तै नेपाल धितोपत्र बोर्डले प्रकृया पुगेका कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिने भएको छ ।

बोर्डका निमित्त अध्यक्ष तथा कार्यकारी निर्देशक डा। नवराज अधिकारी अबको केही दिनबाट आवश्यक कागजात पुरा गरेका कम्पनीलाई सन्चालक बोर्डले पास गरेपछी सेयर निष्कासन गर्न दिने बताउँछन् ।

केही दिनअघी अर्थमन्त्री बर्षमान पुनले आईपीओ निष्कासन प्रकृया अघी बढाउन निर्देशन दिएको र त्यही अनुसार काम अघी बढाएको उनको भनाइ छ । अर्को साताबाट आवश्यक प्रकृया अघी बढ्ने उनको भनाइ छ ।

अर्थमन्त्री पुनले बोर्डको पाइपलाइनमा रहेका कम्पनीलाई स्वीकृति दिन निर्देशन दिएका छन् । अहिले ३५ वटा कम्पनी आईपीओ निष्काशनको प्रकृयामा रहेका छन् । बोर्डको पाइपलाइनमा रहेका अधिकांश कम्पनी जलविद्युत क्षेत्रका रहेका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.