२०८१ बैशाख २६
Home MarketIPO आईपीओ निष्कासन गर्दै थप एक कम्पनी

आईपीओ निष्कासन गर्दै थप एक कम्पनी

by laganisutra

काठमाडौं । पुवा खोला–वान हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले चैत २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम यहि वैशाख १५ गते विशेष साधारण सभा आयोजना गर्ने भएको छ ।

उक्त सभामा आईपीओ निष्कासन गर्ने र उक्त कार्यका लागि कम्पनीको तर्फबाट अख्तियारीनामा दिने प्रस्ताव पारित गरिनेछ । यसका साथै नयाँ परियोजनामा लगानी गर्ने र कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीमा एलएस ९लक्ष्मी सनराइज० क्यापिटल कोष प्रबन्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले रणनीतिक लगानी गर्दैछ । यस सम्बन्धि एलएस क्यापिटल र पुवा खोलाबीच सम्झौता पनि भईसकेको छ ।

कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले पुवा खोला जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाले विद्युत उत्पादन थालिसकेको छ । इलाम जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ४ मेगावाट रहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.