२०८१ बैशाख २६
Home EconomyGold/Silver बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

by laganisutra

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रवार तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ५ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रवार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.