२०८१ जेष्ठ ७
Home Business सरकारले १२ अर्ब २३ करोड आन्तरिक ऋण उठाउने

सरकारले १२ अर्ब २३ करोड आन्तरिक ऋण उठाउने

by laganisutra

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन ८ गते १२ अर्ब रुपैयाँमाथिको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । २८ दिने र ९१ दिने ट्रेजरीमार्फत केन्द्रीय बैंकले कूल १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो ।

बैंकको सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ छुट्याइएको छ भने ९१ दिने ट्रेजरीका लागि ७ अर्ब २३ करोड ३२ लाख रुपैयाँ छुट्याइएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले फागुन ६ गते दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिइसक्नुपर्नेछ । उक्त ट्रेजरीको बिक्री भने फागुन ८ हुनेछ ।

केन्द्रीय बैंकले यसअघि माघ २९ गते २२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.