२०८१ जेष्ठ ७
Home MarketIPO सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट हुने मिति तोकियो

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट हुने मिति तोकियो

by laganisutra

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओ आगामी बुधबारसम्म बाँडफाँट गर्ने तयारी भइरहेको छ ।

आगामी आइतबार आईपीओको प्रि अलोटमेन्ट गर्ने र धितोपत्र बोर्डमा आईपीओ बाँडफाँडको लागि स्वीकृति माग गरिने र बोर्डले अनुमति दिएमा बुधबारसम्म आईपीओ बाँडफाँट गर्ने क्यापिटलको तयारी छ ।

सर्वोत्तम सिमेन्टको आईपीओमा माग भन्दा १९.३२ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन बुधबार साँझ ५ बजेसम्ममा १० लाख १२ हजार ३ सय ८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको छ । यो १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९ सय ९१ रुपैयाँ बराबरको आवेदन हो ।

कम्पनीले फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावितलाई सेयर बिक्री गर्दा बिक्री नभएको ६,८१,५३० कित्ता समेत जोडेर सर्वसाधारणलाई सेयर निष्काशन गरेको हो।

कम्पनीले बुक विल्डिङ विधिबाट सेयर निष्काशन गरेको हो । यी शेयरको मूल्य प्रति कित्ता ३६०।९० रुपैयाँ रहेको थियो। आवेदन दिँदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता शेयरको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो। सेयर बाँडफाँड गर्दा पनि न्युनतम ५० कित्ताका दरले बाँडफाँट हुनेछ । यस हिसाबमा ५५ हजार ५ सय २१ जनाले मात्र सेयर पाउने छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.