२०८१ बैशाख ९
Home MarketIPO आईपीओ जारी गर्दै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स

आईपीओ जारी गर्दै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स

by laganisutra

काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीले आगामी चैत ५ गते बस्ने साधारणसभामा प्राथमिक सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव लैजाने भएको छ ।

यससम्बन्धी प्रक्रियागत कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव साधारणसभाले पारित गर्नेछ । कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन आवश्यक परेमा संशोधन गर्ने अधिकार पनि सञ्चालक समितिलाई दिने प्रस्ताव साधारणसभाले पारित गर्नेछ ।

ग्रामीण क्षेत्रसम्म बीमा सेवा विस्तार गर्ने लक्ष्यका साथ बीमा प्राधिकरणले ७ लघुबीमा कम्पनीलाई सञ्चालनका लागि स्वीकृति दिएको हो । यस्ता लघुबीमा कम्पनीहरुको चुक्ता पूँजी न्यूनतम ७५ करोड रुपैयाँ तोकिएको छ । सोही चुक्ता पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नेछन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.