२०८१ श्रावण १२
Home MarketIPO रिलायन्स स्पिनिङ मिल्सको आईपीओ : कटअफ प्राइस ९१२ कायम, सर्वसाधारणले कति तिर्नुपर्ला ?

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ : कटअफ प्राइस ९१२ कायम, सर्वसाधारणले कति तिर्नुपर्ला ?

by laganisutra

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरेको सेयरको शिलबन्दी आवेदन आज सोमबार खोलिएको छ । कम्पनीको सेयरको कटअफ मूल्य पनि ९१२ नै कायम भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यस निष्काशनमा कुल ६४ वटा आवेदन परेको थियो । जसमा १८ वटा संस्थाले ९१२ रुपैयाँमा सेयर खरिदाको लागि आवेदन दिएका छन् । ९१२ मा आवेदन दिनेले समानुपातिक रुपमा सेयर पाउने छन् । ९१२ मा आवेदन दिनेले आवेदन दिएको सेयरको ६५.७२ प्रतिशत सेयर मात्र पाउने छन् । ९१२ भन्दा माथिको लागि आवेदन दिनेले भने माग गरे बमोजिम कै सेयर पाउने छन् ।

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिसेयर ६०८ देखि ९१२ रुपैयाँसम्मको मूल्य सीमा तोकेको थियो । यस सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो । माथिल्लो बिन्दुमा नै कट अफ मूल्य तय भएको हो ।

सर्वसाधारणलाई निष्काशन गरिने सेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहि अनुसार कम्पनीले कुल निष्काशन गर्न लागिएको सेयर १९ लाख २६ हजार ६ सय कित्ताको ४० प्रतिशतले हुन आउने शेयर ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरेको हो ।

सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था छ । यस हिसाबमा सर्वसाधारणलाई कम्पनीको सेयर प्रतिकि

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.