२०८१ जेष्ठ ७
Home MarketStocks माघ १० भित्रै सेयर बाँडफाँट गर्दै अपर हाइड्रो

माघ १० भित्रै सेयर बाँडफाँट गर्दै अपर हाइड्रो

by laganisutra

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको बोलकबोलमार्फत् बिक्री गरिएको सेयर आगामी माघ १० भित्रै बाँडफाँट हुने भएको छ । मूख्य धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषका पूँजीबजार विभागका उप-कार्यकारी निर्देशक नारायणप्रसाद घिमिरेले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार आगामी बुधबारसम्म उपत्यका बाहिरबाट १३ वटै संकलन केन्द्रमार्फत् सिलबन्दी बोलपत्र आइसक्ने अपेक्षा छ । त्यसपछि मात्र प्राप्त भएका पत्रहरुलाई रुजु गरेर खोल्ने काम शुरु हुने छ । कम्पनीको हकप्रद सेयर अन्तरगत सर्बसाधारण समूहतर्फको बिक्री हुन नसकेको सेयरको बोलकबोलका लागि अन्तिमदिनसम्ममा करिब ३० हजार फारम बिक्री भएको पनि उनले जानकारी दिए ।

सबै प्रक्रिया पुरा भएपछि माघ १० गते भित्र फारम खोलिने छ भने, माघ १५ भित्र बाँडफाँटमा नपरेको रकम फिर्ता गर्न कार्यतालिका रहेको छ ।यसरी बाँडफाँट गरिएको कम्पनीको हकप्रद र बोलकबोल सेयर आगामी फागुन १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत गर्ने योजना छ ।

योसँगै करिब १० करोड ५९ करोड कित्ता हकप्रदको सेयर एकै पटक दोस्रोबजारमा कारोबारमा आउने छ । स्रोतका अनुसार कम्पनीको बोलकबलको सेयरमा ठूलो भोलुममा म्युचुअल फण्डहरुले लगानी गरेका छन् ।

यसको साथै नागरिक लगानी कोष र बीमा कम्पनीहरु पनि उक्त कम्पनीको बोलकबोलमा सहभागी भएका छन्। विश्वस्त स्रोतले बिजशालालाई दिएको जानकारी अनुसार कम्पनीको कट अफ मूल्य प्रतिकित्ता १४० रुपैयाँसम्म हुन सक्नेछ । हाल अक्सन मार्केटमा पनि कम्पनीको सेयरको उच्च माग रहेको छ ।स्रोतले भन्यो, ‘सोही आधारमा भन्दा कम्पनीको कट अफ मूल्य १४० रुपैयाँसम्म होला भन्ने हो, वास्तविक भने केहि तलमाथि पनि हुन सक्छ ।’कम्पनीले नविकेको सर्बसाधारणतर्फको हकप्रद सेयरलाई गत पुस १३ गतेदेखि पुस २९ गतेसम्म १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर बोलकबोलमार्फत् सर्वसाधारण तथा संस्थाहरुका लागि बिक्रीमा ल्याएको थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.