२०८१ श्रावण १२
Home MarketIPO रिलायन्स स्पिनिङले बुक बिल्डिङबाट माघ १० देखि आईपीओ जारी गर्ने

रिलायन्स स्पिनिङले बुक बिल्डिङबाट माघ १० देखि आईपीओ जारी गर्ने

by laganisutra

काठमाडौं । बुक बिल्डिङ विधिबाट रिलायन्स स्पिनिङ मिल्सले माघ १० गतेदेखि आईपीओ जारी गर्ने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले सार्वजनिक सूचना जारी गर्दै पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि १० गतेदेखि आईपीओ जारी गर्न लागिएको जनाएको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०।१४ प्रतिशत अर्थात् १९ लाख २६ हजार ६ सय कित्ता साधारण सेयर जारी गर्नेछ । जसमध्ये पहिलो चरणमा ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बिक्री गर्ने भएको हो । बाँकी ११ लाख ५५ हजार ९६० कित्ता सेयर पछि सर्वसाधारणका लागि जारी हुनेछ ।

पहिलो चरणमा संस्थागत लगानीकर्ताले माघ १४ गतेसम्म नेपाल स्टक एक्स्चेन्जमा बोलकबोल आवेदन दिनेछन् । संस्थागत लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि अधिकतम मूल्य ९१२ रुपैयाँसम्मका लागि बोलकबोल गर्नेछन् । सोही बोलकबोलका आधारमा कटअफ मूल्य तय हुनेछ । कटअफ मूल्यको १० प्रतिशत न्यूनतम मूल्यमा सर्वसाधारणलाई सेयर जारी हुनेछ ।

इटहरीमा यस कम्पनीको धागो कारखाना सञ्चालनमा छ । कम्पनीले सो धागो देशभरका विभिन्न कपडा उद्योगहरुलाई बिक्री गर्ने तथा भारत लगायत तेस्रो मुलुकमा पनि निर्यात गर्ने गरेको जनाएको छ । गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ६७ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा र सञ्चित नाफा ५ अर्ब ६३ करोड रुपैयाँ रहेको विवरणपत्रमा उल्लेख छ । साधारण लगानी फिर्ता हुने अवधि ६।८८ वर्ष प्रक्षेपण गरिएको छ । कम्पनीका अध्यक्ष पवनकुमार गोल्यान हुन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.