२०८१ श्रावण १२
Home MarketIPO आजदेखि एनआइबिएल स्टेबल फन्डको आइपिओ बिक्री खुला

आजदेखि एनआइबिएल स्टेबल फन्डको आइपिओ बिक्री खुला

by laganisutra

काठमाडौं । एनआइएमबि एस क्यापिटलले नयाँ म्युचुल फन्ड निष्कासन गर्ने भएको छ । क्यापिटलले ‘एनआइबिएल स्टेबल फन्ड’ २ माघबाट निष्कासन गर्ने भएको हो । क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकितदरमा एक अर्बबराबरको १० करोड इकाइ बिक्रीमा ल्याउन लागेको छ ।

निष्कासन गरिने कुल इकाइमध्ये १ प्रतिशत अर्थात् १० लाख इकाइ योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटललाई छुट्याइएको छ । त्यस्तै, १४ प्रतिशत अर्थात् एक करोड ४० लाख इकाइ कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरिएको छ । क्यापिटलले बाँकी रहेको आठ करोड ५० लाख इकाइ सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

उक्त फन्डमा न्यूनतम एक सय इकाइका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक करोड इकाइसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । एनआइबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सो फन्डको इकाइमा ५ माघसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा माघ १६ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ ।

बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् पाँच करोड इकाइ खरिद गर्न निवेदन प्राप्त भएमा इकाइको बाँडफाँट गर्न सकिनेछ । न्यूनतम संख्यामा इकाइ बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया सुरु गरिनेछ ।

फन्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । १२ वर्ष अवधिको उक्त फन्डको इकाइमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । यो एक बन्दमुखी योजना रहेको छ भने योजना परिपक्व हुने सेयर बाँडफाँट भएको मितिले १२ वर्ष हुनेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.