२०८१ श्रावण १२
Home MarketIPO हिमालयन टाइम्सले आईपीओ निष्काशन गर्ने

हिमालयन टाइम्सले आईपीओ निष्काशन गर्ने

by laganisutra

काठमाडौं । हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने निर्णय गरेको छ । आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउन निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ।

गत पौष २४ गते आयोजित एक कार्यक्रममा हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृतले सोसम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार रु. सात करोडबराबरको सात लाख कित्ता साधारण सेयर प्रतिकित्ता रु १०० अंकित मूल्यका सर्वसाधारणलाई निष्कासन गरिने बताइएको छ।

द हिमालयन टाइम्स (टिएचटी) सन् २००१ मा स्थापित भई अंग्रेजी भाषामा प्रकाशित गर्दै आएको राष्ट्रिय दैनिक पत्रिका हो।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.