२०८१ श्रावण १२
Home MarketIPO बन्दीपुर केबलकार आइपिओ जारी गर्दै  

बन्दीपुर केबलकार आइपिओ जारी गर्दै  

by Lagani Yaman

काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि आइपिओ (प्रथामिक सेयर) जारी गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । कम्पनीले आगामी शनिबार (स २८) साधारण सभा बोलाएको छ ।

सो साधारण सभामा नियमित एजेन्डा बाहेक विशेष प्रस्तावको रूपमा कम्पनीको आइपिओ निष्कासन गर्ने प्रस्तावलाई पारित गरी औपचारिक रूपमा अगाडि बढ्ने गरी तयारी गरेको कम्पनी सचिव रमनमान श्रेष्ठले बताए ।

कम्पनीले १०० रूपैयाँ अंकित दरका ३० करोड ६० लाख रूपैयाँ बराबरको ३० लाख ६० हजार कित्ता सेयर निष्कासन गर्नेछ ।

जुन कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोडको १२ प्रतिशत हो । यस अन्तर्गत २ प्रतिशत स्थानीयलाई र २ प्रतिशत प्रवासी नेपाली, म्युचुअल फण्ड, कम्पनीको कर्मचारीहरूको लागि छुटाएको सचिवले श्रेष्ठले बताए ।

यस परियोजनाको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको छ। यो परियोजना दक्षिण एसियाकै मौलिक परियोजना भएको कम्पनीको दाबी छ । परियोजनाको लागत ३ अर्ब ५८ करोड रूपैयाँ रहेकोमा बैंक ऋण १ अर्ब ३ करोड रहेको छ ।

परियोजनाअन्तर्गत हाल बन्दीपुरमा केबलकार र पाँचतारे होटल सञ्चालनको अन्तिम तयारीमा छन् । साथै परियोजनाले आगामी दिनमा बन्दीपुरमै स्काइ वाकसहितको बन्जी पनि सञ्चालनमा ल्याउने बताएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.