२०८१ बैशाख २२
Home Business नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

by laganisutra

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा ७।५२ प्रतिशतले बढेर ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने खुद नाफा ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ४१।५३ प्रतिशतले बढेर ११ अर्ब ३ करोड २५ लाख रुपैयाँ पुगेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ७० करोडबाट बढेर ३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा भने ४।३१ प्रतिशतले घटेको छ ।

बैंकको खराब कर्जा १।९५ प्रतिशत बाट घटेर १।१२ प्रतिशतमा आएको छ । समिक्षा अवधिमा रिजर्भ २४ अर्ब ९४ करोडबाट बढेर २९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २।४० रुपैयाँले घटेर १२।८० रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ भने १७२।५७ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपैयाँ र जगेडा कोष २९ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । चैतसम्म बैंकले ४ खर्ब ३ अर्ब निक्षेप संकलन गरी ३ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.