२०८१ बैशाख २२
Home Business ग्लोबल आईएमई बैंकको नाफामा गिरावट, ईपीएस कति ?

ग्लोबल आईएमई बैंकको नाफामा गिरावट, ईपीएस कति ?

by laganisutra

काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफामा २४ प्रतिशतले गिरावट आएको छ । बैँकको साउनदेखि चैत मसान्तसम्मको खुद नाफा ३ अर्ब ३० करोड रुपैयाँ छ ।

बैँकले गत वर्ष यस अवधिमा ४ अर्ब ३५ करोड खुद नाफा कमाएको थियो । चालु आवको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १३ अर्ब २ करोड छ, गत आवको यसै अवधिमा ११ अर्ब ७९ करोड रुपैयाँ थियो । बैंकले लोन लस प्रोभिजनवापत ५ अर्ब २६ करोड रुपैयाँ छुट्याएको छ ।

कुल कर्जामा निष्क्रिय कर्जाको अंश गत वर्ष यस अवधिमा ३।९६ प्रतिशत रहेकोमा अहिले बढेर ४।७४ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको वितरणयोग्य नाफा भने ४२ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ ।

वार्षिक प्रतिसेयर आम्दानी ९ईपीएस० अहिले १२ रुपैयाँ २० पैसामा झरेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ९२ पैसा छ । आधार दर ८।८४ प्रतिशत तथा स्प्रेड रेट ३।९८ प्रतिशत छ । बैंकको सीडी रेसियो ७९।४० छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.