२०८१ बैशाख १६
Home BusinessCompanies मानुषी लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ याेग्यता ?

मानुषी लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ याेग्यता ?

by laganisutra

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेकाे छ । कम्पनीले ११ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हाे ।कम्पनीले वरिष्ठ सहायक (शाखा प्रमुख)मा दुई जना र कनिष्ठ सहायक पदमा ९ जना कर्मचारी माग गरेको हो ।

कम्पनीका अनुसार वरिष्ठ सहायकका लागि स्नातक उत्तिर्ण भई लघुवित्त संस्थामा कम्तीमा दुई वर्ष वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण भई लघुवित्त संस्थामा तीन वर्ष कार्यानुभव भएको हुनुपर्नेछ ।

कनिष्ठ सहायकका लागि एलएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त संस्थामा कम्तिमा एक वर्षको कार्य गरेको हुनुपर्नेछ । यसमा प्रविणता प्रमाणपत्र वा प्लस टू गरेकालाई प्राथमिकता दिइनेछ ।

उमेरको हकमा भने १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिलाका लागि भने माथिल्लो उमेरहदमा पाँच वर्ष थप हुनेछ । कम्प्युटरको ज्ञान भएको तथा मोटरसाइकलको लाइसेन्स प्राप्त व्यक्तिलाई प्राथमिकता दिइनेछ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय तथा शाखा कार्यालय वा कम्पनीको इमेल [email protected] मार्फत १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.