२०८१ जेष्ठ ६
Home EconomyNational ७ महिनामा सरकारले गर्‍यो ६ खर्ब ७९ अर्ब खर्च

७ महिनामा सरकारले गर्‍यो ६ खर्ब ७९ अर्ब खर्च

by laganisutra

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ७ महिनामा ६ खर्ब ७९ अर्ब रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको ७ महिनामा ६ खर्ब ६७ अर्ब रुपैयाँ खर्च गरेको सरकारले यो वर्ष सोही अवधिमा १२ अर्ब रुपैयाँ बढी खर्च गरेको हो ।

७ महिनाको अवधिमा चालुतर्फ ५ खर्ब ३ अर्ब रुपैयाँ, पुँजीगततर्फ ६३ अर्ब २७ करोड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब १२ अर्ब रुपैयाँ खर्च भएको छ ।

स्थानीय तथा प्रदेश तहमा हस्तान्तरण भएको २ खर्ब रुपैयाँ चालु शीर्षकमा जोडिएकाले चालु खर्च बढेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यो वर्ष सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याउँदा चालुतर्फ ११ खर्ब ४१ अर्ब रुपैयाँ ,पुँजीगततर्फ ३ खर्ब २ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

तर, ७ महिनाको अवधिमा विनियोजित बजेटको चालुतर्फ ४४।५८ प्रतिशत, पुँजीगततर्फ २१।०५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३७।१२ प्रतिशत खर्च भएको छ ।

जसले गर्दा सरकारले यो वर्ष चालुतर्फ १० खर्ब १३ अर्ब रुपैयाँ, पुँजीगततर्फ २ खर्ब ५४ अर्ब रुपैयाँ तथा वित्तीय व्यवस्थापन तर्फ २ खर्ब ६८ अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ ।

यो वर्ष लक्ष्यअनुसार खर्च नहुने भएपछि सरकारले १५ खर्ब ३० अर्ब रुपैयाँ मात्रै खर्च हुने संशोधित लक्ष्य सार्वजनिक गरेको छ ।
गत वर्ष ७ महिनाको अवधिमा सरकारले ६ खर्ब ६७ अर्ब रुपैयाँ खर्च गर्दा चालुतर्फ ५ खर्ब ३१ अर्ब, पुँजीगततर्फ ६६ अर्ब २९ करोड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ६९ अर्ब ८५ रुपैयाँ खर्च भएको थियो ।

चालु आर्थिक वर्षमा ऋणको साँवा ब्याजमा हुने खर्च ह्वात्तै बढ्दा वित्तीय व्यवस्थापन खर्चमा वृद्धि भएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.