२०८१ बैशाख २३
Home EconomyNational डिस्कोर्स डबलीले काठमाडौंमा दुईदिने ‘विचार उत्सव’ आयोजना गर्ने

डिस्कोर्स डबलीले काठमाडौंमा दुईदिने ‘विचार उत्सव’ आयोजना गर्ने

by laganisutra

काठमाडौं । वैचारिक बहसको मञ्च ‘डिस्कोर्स डबली’ सुरूवातको दस वर्ष पुगेको उपलक्ष्यमा काठमाडौंमा दुईदिने विचार उत्सवको आयोजना हुने भएको छ । नेपाल ल क्याम्पस, रत्नराज्य क्याम्पस र विश्वभाषा क्याम्पसमा यही वैशाख २२ र २३ गते बहसका विभिन्न सत्र सञ्चालन हुने कार्यक्रमका संयोजक तथा नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुंगेलले जानकारी दिए ।

दुई दिन सञ्चालन हुने विचार उत्सवमा २० वटा सत्रमा नेपाल र भारतका करिब ८० जना वक्ता सहभागी हुनेछन् । समसामयिक राजनीति, विश्वविद्यालयका समस्या, युवा जनशक्तिको विदेश पलायन, सिनेमा, पर्यावरण, साहित्य, संगीत, कला, शहरी सौन्दर्यलगायतका दुई दर्जन विषयमा बहस हुनेछ । कार्यक्रममा राजनीतिज्ञ, लेखक, विश्लेषक, प्राध्यापक, कलाकार, कवि, चलचित्र निर्देशकलगायतले आ–आफ्नो विषयमा बहस गर्नेछन् ।

कार्यक्रममा लेखक तथा विश्लेषक सिके लालले ‘बौद्धिकताको कसीमा नेपाली समाज’ शीर्षकमा मूलप्रवचन दिने छन् । यस्तै, भारतको बद्लिँदो राजनीतिबारे दिल्ली विश्वविद्यालयका सह–प्राध्यापक तथा विश्लेषक डा।सरोज गिरीले बहस गर्नेछन् ।

उत्सवमा वैचारिक बहसबाहेक नाटक प्रदर्शनी पनि हुनेछ । यस्तै, चित्रकला प्रदर्शनी, कार्टुन प्रदर्शनी र सांगीतिक उत्सव पनि आयोजना गरिने ढुंगेलले बताए ।

डबलीका संस्थापक रोहेज खतिवडाले उक्त कार्यक्रममा विश्वविद्यालय के हो, नेपालमा ज्ञानको संकट छ कि छैन रु, तत्कालीन समस्या हल गर्नका लागि हामीसँग भएको ज्ञान पर्याप्त छ कि छैन रु नेपाली समाजमा वौद्धिकताको अभ्यास कस्तो रह्यो रु विद्यार्थी राजनीति र समसामायिक राजनीतिजस्ता विभिन्न विषयमा बहस गर्ने बताए । शिक्षामन्त्री सुमना श्रेष्ठका साथमा विचारमय, बहसमय कार्यक्रम सम्पन्न गर्ने उनले जानकारी दिए ।

डिस्कोर्स डबली २०७१ सालमा रत्नराज्य क्याम्पस, ल क्याम्पसलगायतका कलेजमा अध्ययनरत विद्यार्थीहरूको सक्रियतामा सुरूवात भएको थियो । यसपछि मासिक रूपमा बहस शृङ्खला यो मञ्चले सञ्चालन गर्दै आएको थियो । दस वर्षमा करिब १०० वटा बहसका कार्यक्रम आयोजना गरिसकिएको डबलीका संस्थापक नरेश रेग्मीले बताए । विश्वविद्यालयमा वैचारिकक अध्ययन र बहसलाई प्रोत्सिहत गर्न ‘विचार उत्सव’ क्याम्पस परिसरमै गर्न लागिएको संयोजक ढुंगेलले बताए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.