२०८१ बैशाख २६
Home EconomyNational विश्व पृथ्वी दिवसको अवसरमा स्वयम्भू परिसरमा सरसफाइ

विश्व पृथ्वी दिवसको अवसरमा स्वयम्भू परिसरमा सरसफाइ

by laganisutra

काठमाडौं । विश्व पृथ्वी दिवस २०२४ को उपलक्ष्यमा स्वयम्भू परिसरमा सरसफाइ गरिएको छ । विश्व सम्पदा सूचीमा रहेका तीन वटा पुरातात्विक सम्पदाहरुको सरसफाइ कार्यक्रम अन्तर्गत शनिबार युनिभर्सल पिस स्यन्चुरीमार्फत विभिन्न संघसंस्था तथा समाजको विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वहरुको सहभागीतामा स्वयम्भू परिसरमा सरसफाइ गरिएको हो ।

कार्यक्रममा युनिभर्सल पिस स्यान्चुरी तथा श्याल्पो गुम्बाका गुरू श्याल्पा रिन्पोछे, नेपाल सरकारका पूर्व मुख्य सचिव, पूर्व राजदूत एवं लिलामणी पौडेल, काठमाडौं महानगरपालिका १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल, वडा सदस्य विजु श्रेष्ठ, युनिभर्सल पिस स्यान्चुरीको तर्फबाट सरसफाइ कार्यक्रमका संयोजक छोईङ देचेन, फोहर मैला व्यवस्थापन संघका महासचिव, परिवर्तन सेवा प्रा।लि का प्रबन्धक मित्र प्रसाद घिमिरे, क्लिन इट अपसाइक्लर्सका प्रमुख कार्यकारी अधिकृत शशी किरण थापा, बागमती अभियान किशोर शाही, श्याल्पो गुन्बाका भिच्छुहरु, नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधित्व व्यक्तिहरुसहित युवा अभियन्ताहरुको सहभागिता रहेको थियो । आइतबार पशुपतिनाथ मन्दिर परिसर र सोमबार बौद्ध मन्दिर परिसर सफाइ गरिने अभियानका समन्वयकर्ता नविन विकास महर्जनले जानकारी दिए ।

विश्व पृथ्वी दिवस २०२४ मा यस पटकको नारा पनि पृथ्वी र प्लाष्टिक राखिएको छ । नेपालमा पनि प्लाष्टिकको अधिक प्रयोगले वातावरणमा धेरै असर प्रभाव परेको, फोहोरमा अत्याधिक मात्रामा प्लाष्टिकको मिश्रणले फोहोर व्यवस्थापन कार्य समेत चुनौतीपूर्ण बन्दै गइरहेको जनाउँदै अभियानले यस्ता विषयमा समेत सचेतना अभियान संचालन गर्ने जनाएको छ ।

पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ । यो एउटा दिवस हो, जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रसंशा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो । यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ ।

सन् १९६९ अमेरीकाको सान फ्रान्सस्किोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलाद्र्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए । पछि अमेरिकी सीनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे । त्यसदिन देखि आजसम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसारभरी नै विश्व पृथ्वी दिवस मनाउन थालिएको हो ।

सन् १९९२ मा ब्राजिलको रियो दी जेनेरीयोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्‍याएको थियो । त्यसपछि सन् २००९ मा राष्ट्र संघको ६३ औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निणर्य गरेको हो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.