२०८१ बैशाख २७
Home Business रिलायन्स बन्यो भारतकै सबैभन्दा ठूलो कम्पनी

रिलायन्स बन्यो भारतकै सबैभन्दा ठूलो कम्पनी

by laganisutra

नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेड एक पटक फेरि भारतको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ । एक्सिस बैंकको निजी बैंकिङ एकाई बर्गन्डी प्राइभेट र हुरुन इन्डियाको रिपोर्टका अनुसार रिलायन्स इन्डस्ट्रिज लगातार तेस्रो वर्ष पनि भारतको सबैभन्दा मूल्यवान् कम्पनी बनेको हो ।

बर्गन्डी प्राइभेट र हुरुन इन्डिया ५०० को रिपोर्टले सार्वजनिक गरेको मूल्यवान् कम्पनीको सूचिमा सबैभन्दा माथि मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्री छ । रिपोर्टका अनुसार रिलायन्सको बजार पूँजीकरण १५६ खर्ब भारु रहेको छ । रिलायन्ससँग छुट्टिएर बनेको अम्बानीको नयाँ कम्पनी जियो फाइनान्सियल सर्भिसेज सूचीको २८ औँ स्थानमा छ ।

शीर्ष ३ मूल्यवान् कम्पनीमा रिलायन्सपछि टाटा ग्रुपको टेक कम्पनी टीसीएस दोस्रो स्थानमा छ । टीसीएसको बजार पुँजीकरण १२४ खर्ब भारु छ । एचडीएफसी बैंक ११३ खर्ब भारु बजार पुँजीकरणसहित तेस्रो स्थानमा छ । हुरुनको यो सूचLअनुसार शीर्ष १० मूल्यवान् कम्पनीका बाँकी वरियतामा आईसीआईसीआई बैंक, इन्फोसिस, भारती एयरटेल, आईटीसी, लार्सन एन्ड टुब्रो, एचसीएल टेक्नोलोजिज र कोटक महिन्द्रा रहेका छन् ।

सूचीमा समाविष्ट ५०० कम्पनीले करिब ७० लाख जनालाई रोजगारी दिइरहेको छ । कम्पनीमा औसत कर्मचारी १५ हजार २११ रहेको छ । यी कम्पनीहरूको कूल बजार पुँजीकरण २ हजार ३१० खर्ब भारु पुगेको छ । एक वर्ष अघिको तुलनामा यो ५० खर्ब भारु धेरै हो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.