२०८१ जेष्ठ ७
Home Business नेपाल टेलिकमको नाफा साढे ७ प्रतिशतले घट्यो

नेपाल टेलिकमको नाफा साढे ७ प्रतिशतले घट्यो

by laganisutra

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ६ महिनामा ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७।५९ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४ अर्ब २५ करोड खुद नाफा कमाएको थियो ।

टेलिकमले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ अर्ब १० करोड ११ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा भने २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ मात्रै आम्दानी भएको टेलिकमले जनाएको छ । यो गत वर्षको यही अवधिको तुलनामा ३।५८ प्रतिशतले कम हो ।

यस्तै, दोस्रो त्रैमाससम्ममा १७ अर्ब २४ करोड ६७ लाख ७९ हजार रुपैयाँ सञ्चालन आम्दानी रहेको बताइएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १८ अर्ब ७ करोड ७३ लाख ४८ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो ८३ करोड ५ लाख ६९ हजार रुपैयाँले न्यून हो ।

सबैजसो आम्दानी घटेपछि टेलिकमको खुद नाफामा समेत गिरावट आएको छ । यस अवधिमा टेलिकमको खुद नाफा ३२ करोड ३३ लाख ७३ हजार रुपैयाँले घटेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा ४३।६८ रुपैयाँ रहेको जनाइएको छ । नाफादेखि सबै सूचक घट्नुमा ओटीटी सेवाको बढ्दो प्रयोग रहेको टेलिकमले बताएको छ । अन्तरआबद्धतामा गत आर्थिक वर्षको तुलनामा चालू वर्षको दोस्रो त्रैमाससम्ममा ५२ करोड ९२ लाख ७५ हजारले कमी आएको छ ।

यस्तै, आम्दानीदेखि सञ्चालन आय र नाफा घट्नुको अन्य कारणकारुपमा बिजुलीका असहज आपूर्ति, दुर्गम तथा विकट क्षेत्रमा कम प्रतिफलमा सेवा विस्तार लगायतका कारण समेत रहेको बताइएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.