२०८१ जेष्ठ ७
Home Uncategorized प्राइम कमर्सियल बैंकको ४१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

प्राइम कमर्सियल बैंकको ४१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

by Lagani Yaman

काठमाडौं । प्राइम कमर्सियल बैंकले ४१ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ११० रुपैयाँ प्रतिकित्ताका दरले उक्त सेयर बिक्रीमा राखेको हो ।

बुधबार ३५ दिने सार्वजनिक सूचना निकाल्दै बैंकले खरिद गर्न चाहने संस्थापक सेयरधनीलाई फागुन ४ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।

बैंकले सुरुमा संस्थापक सेयरधनीहरुमा नै सेयर बिक्री गर्नेछ । संस्थापक सेयरधनीले नकिनेको खण्डमा भने सो सेयर अन्य लगानीकर्ताले खरिद गर्न सक्नेछन् ।

इच्छुक सेयर खरिदकर्ताले बैंकको धितोपत्र बिक्री प्रबन्धक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडमा आवेदन दिनुपर्नेछ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.