२०८१ जेष्ठ ७
Home EconomyNational अब भिजिट भिसामा विदेश जान स्वघोषणा गर्नुपर्ने

अब भिजिट भिसामा विदेश जान स्वघोषणा गर्नुपर्ने

by laganisutra

काठमाडौं । भिजिट तथा पर्यटकीय भिसामा विदेश जान स्वघोषणा गरे पुग्ने भएको छ । अब भिजिट भिसामा विदेश जानु परेमा अध्यागमन कार्यालयलाई स्व घोषणा गर्नुपर्ने भएको हो ।

यसअघि जारी भएको गाइडलाइनलाई गृहमन्त्रीस्तरीय निर्णयबाट खारेज गरिदिएको छ । युएई, बहराइन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा जाँदा स्व घोषणा फारम भर्नुपर्नेछ । त्यसका लागि सम्बन्धित देशमा कम्तीमा ५ महिना म्याद भएको राहदानी अनिवार्य हुनुपर्नेछ । त्यस्तै गन्तव्य देशको भिसा हुनुपर्ने, दुईतर्फी हवाई टिकट भएको समेत स्वघोषणा गर्नुपर्नेछ ।

त्यस्तै भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता तथा गैरसरकारी संस्थाको निमन्त्रणा पत्र समेत उल्लेख गर्नुपर्नेछ ।

त्यस्तै कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण नगद वा डेबिट/क्रेडिट कार्ड र सो नभएमा सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणापत्र आवश्यक पर्नेछ । भ्रमण बाहेक अन्य क्रियाकलापमा संलग्न हुने छैन भनि समेत घोषणा गरेको हुनुपर्नेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.