२०८१ श्रावण १२
Home Uncategorized सहमति नहुँदा चिलिमे जलविद्युतको साधारणसभामा भोट खस्यो

सहमति नहुँदा चिलिमे जलविद्युतको साधारणसभामा भोट खस्यो

by laganisutra

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने संचालक पदमा सहमति नहुँदा शुकबार मतदान नै भएको छ।

चिलिमेको २७औं वार्षिक साधारणसभाले एक जना महिलासहित ४ जना सञ्चालकको निर्वाचन तय गरेको थियो। तर प्रतिस्पर्धीहरुले सर्वसम्मति नगर्दा शुक्रबार भोट खसाल्ने अवस्था नै सिर्जना भयो।

सभा राष्ट्रिय सभागृह सम्पन्न साधारणसभमा महिला संचालकमा शान्ति लक्ष्मी शाक्य र तारा ढकाल बिच प्रतिस्पर्धा रह्यो। जसमा शान्ति लक्ष्मी शाक्यले ४३ लाख २१५ मत सहित विजयी भइन। तारा ढकालले ५३ हजार ९७७ मत प्राप्त गरेकी थिईन।

अरु तीन संचालकमा तुल्सिराम ढकाल, राम प्रसाद रिमाल, भिम प्रसाद तिमल्सिना र सिताराम थापा बीच प्रतिस्पर्धा भयो।

जसमा तुल्सिराम ढकालले १ करोड ९२ लाख २८ हजार ११६ मत सहित संचालकमा विजय भए भने राम प्रसाद रिमाल ८३ लाख ६३ हजार ६४२ मत सहित विजय बने। भिम प्रसाद तिमल्सिना – ६९ लाख ८३ हजार ४८४ मत सहित विजयी भए। अर्को प्रतिष्पर्धी सिताराम थापाले ५२ लाख १४ हजार ५८१ मत प्राप्त गर्दा संचालक बन्न असफल रहे।

कम्पनीको सभा यस बाहेक गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्यो।

तेस्तै आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन=,लेखापरीक्षको प्रतिवेदन पारित गर्दै आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण पनि तय गर्यो।

कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस ८ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गरेको थियो ।

416019346 6884035405028184 3103936636476536270 n 20240107103114

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.