२०८१ बैशाख २०
Home Business ज्योति विकास बैंकको नाफा २४ प्रतिशतले घट्यो

ज्योति विकास बैंकको नाफा २४ प्रतिशतले घट्यो

by laganisutra

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकको नाफामा गिरावट आएको छ । यो अवधिसम्म बैंकको खुद नाफा २४.४० प्रतिशतले घटेर १५ करोड २४ लाख रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घटेको हो । बैंकको खुद ब्याज आम्दानी १.७५ प्रतिशत बढेर १ अर्ब ७० करोड ६८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ६७ करोड ७५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।

कुल सञ्चालन आम्दानी १.५४ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा २३.३१ प्रतिशतले घटेर २२ करोड ७ लाख रुपैयाँमा खुम्चिएको छ ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ३.८९ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ । फलस्वरुप बैंकको इम्पेरमेन्ट चार्ज ७१ करोडबाट बढेर ८३ करोड पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २८ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर वितरणयोग्य आम्दानी ८ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर ४ रुपैयाँ ६२ पैसामा झरेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ६३.५९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ २० पैसा रहेको छ ।

४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ५० करोड रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्ममा बैंकले ६३ अर्ब ४२ करोड निक्षेप संकलन गरी ५० अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.