२०८१ बैशाख १९
Home Business एकैदिन ८ अर्बले घट्यो बैंकहरुको निक्षेप, सीडी रेसियो कति ?

एकैदिन ८ अर्बले घट्यो बैंकहरुको निक्षेप, सीडी रेसियो कति ?

by laganisutra

काठामाडौं । बैंकिङ प्रणालीबाट एकैदिन ८ अर्ब रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वैशाख २ गते (सोमबार) बैंक तथा वित्तीय संस्थाहरु निक्षेप ८ अर्ब रुपैयाँले घटेको हो।

वैशाख २ मा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६१ खर्ब ४३ अर्ब रुपैयाँ छ। अघिल्लो दिनसम्म कुल निक्षेप ६१ खर्ब ५१ अर्ब रुपैयाँ थियो।

यसैगरी वाणिज्य बैंकहरुको कुल निक्षेप पनि वैशाख २ मा एकैदिन ७ अर्ब रुपैयाँले घटेको छ। वैशाख १ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ३३ अर्ब रुपैयाँ रहेकोमा वैशाख २ गतेसम्म घटेर ५४ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ।

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पनि वैशाख २ मा एकैदिन ६ अर्ब रुपैयाँले घटेर ५१ खर्ब १२ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५१ खर्ब १८ अर्ब रुपैयाँ थियो। वाणिज्य बैंकहरुको कुल कर्जा लगानी पनि ४ अर्ब रुपैयाँले घटेर ५४ खर्ब २२ अर्ब रुपैयाँ कायम भएको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४५ खर्ब २६ अर्ब रुपैयाँ थियो।

वैशाख २ मा बैंकहरुको औसत सीडी रेसियो बढेर ८०.८२ प्रतिशत पुगेको छ भने अन्तरबैंक ब्याजदर घटेर ३.०१ प्रतिशत कायम भएको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८०.८० प्रतिशत र अन्तरबैंक ब्याजदर ३.८२ प्रतिशत थियो।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.