२०८१ बैशाख २०
Home Business आज सेयर बजार र बैंक तथा वित्तीय संस्था बन्द हुने

आज सेयर बजार र बैंक तथा वित्तीय संस्था बन्द हुने

by laganisutra

काठमाडौं । राम नवमीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । रामनवमीको अवसरमा आज देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था,नेप्से लगायत बन्द रहने छन् ।

हिन्दु परम्परा अनुसार हरेक वर्ष चैत्र शुक्ल तिथिमा रामनवमी मनाउने गरिन्छ ।मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको जन्मदिनमा आज ‘रामनवमी’ पर्व देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको थियो । आज पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी भगवान रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने गरिन्छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.