२०८१ श्रावण १२
Home Business रोकिएन सेयर बजार घट्ने क्रम

रोकिएन सेयर बजार घट्ने क्रम

by laganisutra

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक घट्ने क्रम रोकिएन । परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ६।२६ अंकले घट्दै परिसूचक २०१२।०७ विन्दुमा रह्यो । यसअघि आइतबार १७।३० अंकले घट्दै परिसूचक २०१८।३३ विन्दुमा थियो ।

१३ मध्ये होटल तथा पर्यटक र व्यापारबाहेकका सबै उपसमूह घटेका छन् । सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह छ । आइतबार निर्जीवन बिमाबाहेक सबै परिसूचक घटेका थिए । आज १५२ कम्पनीको सेयरमूल्य घटेको छ भने ८६ को मात्रै बढोत्तरी छ । ८ कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएन ।

७२ लाख ९० हजार २०० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ८७ करोड ७४ लाख ७५ हजार रुपैयाँ छ । हिजो कारोबार रकम ३ अर्ब २० करोड ५३ लाख ३२ हजार रुपैयाँ थियो ।

घटेको बजारमा पनि गुराँस लघुवित्त र मायाखोला हाइड्रोपावरको सेयरमा भने बढोत्तरीको सकारात्मक सर्किट लागेको छ । महुली लघुवित्तको पनि सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् ।

सर्वोत्तम सिमेन्टको सेयर आज उच्च कारोबार भएको छ । सेयरमूल्य प्रतिकित्ता ९४१ रुपैयाँ पुगेको यो कम्पनीको ४७ करोड २९ लाख १७ हजार रुपैयाँको किनबेच भएको छ । हिजो सेयरमूल्य प्रति कित्ता ९७४ रुपैयाँ ५० पैसा रहँदा पनि यो कम्पनी सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा नै पहिलो नम्बरमा थियो । हिजो सर्वोत्तमको २८ करोड ६८ लाख रुपैयाँको कारोबार भएको थियो ।

यस्तै शिवम् सिमेन्टको ११ करोड, गोर्खाज फाइनान्सको ९ करोड ९९ लाख, पिपुल्स पावरको ५ करोड ७९ लाख र मायाखोला हाइड्रोपावरको ५ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज घट्नेमा रिभर फल्सको सेयर पहिलो नम्बरमा छ । सेयरमूल्य घट्ने कम्पनीहरुमा हिमालयन हाइड्रोपावर, अपर लोहोरेखोला, धौलागिरी लघुवित्तलगायत छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.