२०८१ बैशाख ८
Home Business फागुनमा यी २२ कम्पनीको बोनस र हकप्रद सेयर सूचीकृत

फागुनमा यी २२ कम्पनीको बोनस र हकप्रद सेयर सूचीकृत

by laganisutra

काठमाडौं । फागुन महिनामा विभिन्न २२ कम्पनीको बोनस र हकप्रद सेयर दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ । नेप्सेको तथ्यांकअनुसार फागुनमा २० कम्पनीको बोनस सेयर र दुई कम्पनी माथिल्लो तामाकोशी तथा घलेम्दी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत भएको हो । ती कम्पनीका कुल १७ करोड १७ लाख ३५ हजार ७५१ कित्ता सेयर सूचीकृत भएको छ ।

बोनस सेयर सूचीकृत भएका कम्पनीहरुमा सानिमा माइ हाड्रोपावर, चिलिमे हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, नेपाल इन्स्योरेन्स, राधी विद्युत्, हाथवे इन्भेस्टमेन्ट कम्पनी, सिटिजन्स लाइफ इन्स्योरेन्स, फस्र्ट माइक्रोफाइनान्स कम्पनी, छिमेक लघुवित्त वित्तीय संस्था, युनिभर्सल पावर, सोल्टी होटल, युनाइटेड अजोड इन्स्योरेन्स, जीवन विकास लघुवित्त, हिमालयन एभरेस्ट इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, आरएसडीसी लघुवित्त, नेपाल एसबीआई बैंक र लुम्बिनी विकास बैंक छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.