२०८१ बैशाख २७
Home Business सिंगटी हाइड्रोको ४६ लाख कित्ता सेयर लिलामीमा

सिंगटी हाइड्रोको ४६ लाख कित्ता सेयर लिलामीमा

by laganisutra

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ४६ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले सोमबारदेखि ४६ लाख ११ हजार ५३९ कित्ता हकप्रद सेयर बोलकबल प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो ।

कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म १स्१ अनुपातमा निष्काशन गरेको हकप्रदमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको हो ।

कम्पनीले निष्काशन तथा बिक्री गरेको सेयर फागुन ३० गते बाँडफाँट गरेको थियो । यो सेयर खरिदका लागि जोसुकै व्यक्ति, कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलकबोल पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आगामी चैत २० गतेभित्र खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले मुक्तिनाथ बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरू भक्तपुर ठिमी, कुमारीपाटी, विर्तामोड, वीरगञ्ज,जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ, बेनी, बुटवल घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरका शाखा कार्यायहरु तथा सिन्धु विकास बैंक चेरीकोट दोलखाबाट बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.