२०८१ बैशाख २८
Home Politics प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

by laganisutra

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदबारमा जारी दुई नेताबिचको छलफलमा समाजवादी मोर्चा, सरकारका काम कारबाही, प्रदेश भागबण्डा लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

फागुन २१ मा नयाँ गठबन्धन बनेर एमाले सत्ता सहयात्री भएपछि प्रचण्ड र अध्यक्षबिचको भेटघाट र छलफल बाक्लिँदै आएको छ । शुक्रबार बिहान बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई समेत मोर्चामा सहभागी गराउनेबारे छलफल भएको थियो ।

सो छलफलले अध्यक्ष ओलीसँग प्रचण्ड र नेता माधव नेपालले कुराकानी गर्ने निर्णय गरेको थियो । त्यसअघि बिहीबार बेलुका नेकपा महासचिव विप्लव र नेता प्रकाण्ड ओली निवास बालकोट पुगेर २ घण्टा छलफल गरेका थिए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.