२०८१ बैशाख २७
Home EconomyNational काभ्रेको नमोबुद्धलाई विश्वसामु चिनाउँने रास्वपाको अभियान

काभ्रेको नमोबुद्धलाई विश्वसामु चिनाउँने रास्वपाको अभियान

by laganisutra


काठमाडौं । ऐतिहासिक एवं पर्यटकीय काभ्रेपलाञ्चोकको नमोबुद्ध शान्तिका प्रतीक गौतमबुद्धको पूर्वजन्ममा राजकुमारले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको स्थल हो । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा नमोबुद्धाय नमःबाट नमोबुद्ध नामकरण भएको पाइन्छ । किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बौद्ध धर्मालम्बीको निकै ठूलो भीड लाग्ने गरेको छ ।
हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य समेत छन् । गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ । यस्तै नमोबुद्ध भगवान् घ्याँ गुठी व्यवस्थापन समिति गठन गरी संस्थागत विकास गर्न पहल भएको छ भने समितिले नै मन्दिर र गुठीमा सङ्कलन भएको दान, भेटी पनि समितिमार्फत व्यवस्थित गर्न थालेको छ । जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर तथा सङ्घीय राजधानी काठमाडौँबाट ५० किलोमिटरको दूरीमा रहेको पर्यटकीय क्षेत्र नमोबुद्ध पुग्ने काभ्रेभञ्ज्याङबाट फूलबारी सडकखण्ड असहज हुँदा पर्यटकले सास्ती व्यहोर्दै आएका छन् । बिभिन्न राजनीतिक दल सरकारमा गए तर समस्याको समाधान भने भएको देखिदैन् ।

275376407 688992405607170 7405936854339582026 n


सिङगो काभ्रेलाई नमोबुद्धले चिनाउँछ । यसलाई प्रवर्धन गर्ने सकेमा विश्वसामु चिनाउँन सकिने स्थानीय बताउँछन् । स्थानीय बासिन्दाको कुरालाई ध्यानमा राखेर नमोबुद्ध मन्दिरलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चिनाउँन राष्ट्रिय स्वतन्त्र पार्टीले अभियान थालेको छ । रास्वपा, काभ्रे क्षेत्र १ का सभापति मधु कुमार चौलागाई अब नमोबुद्ध मन्दिरलाई नेपाल र विश्वसामु चिनाउँन रास्वपा र आफु सभापति भएको हैसियतले सक्दो प्रयास गर्ने बताउँछन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.