२०८१ जेष्ठ ७
Home Business आठ महिनामा १६ अर्बको सुन आयात, कुन-कुन देशबाट भित्रियो ?

आठ महिनामा १६ अर्बको सुन आयात, कुन-कुन देशबाट भित्रियो ?

by laganisutra

काठमाडौं । चालु आर्थिक वर्ष ०८०/८१ को आठ महिनासम्म १६ अर्बभन्दा बढीको बहुमूल्य धातु सुनको आयात भएको छ । भन्सार तथ्यांक अनुसार फागुनसम्म १६ अर्ब १२ करोड २५ लाख ८२ हजार रुपैयाँको सुन आयात भएको छ ।

आठ महिनामा नेपालले १९ लाख १ हजार ८ सय ग्राम सुन आयात गरेको विभागले जनाएको छ । यसबाट २ अर्ब ४१ करोड ८४ लाख रूपैयाँ बराबरको राजश्व संकलन भएको छ।

उक्त सुन युनाइटेड अरब इमिरेट्स (युएई), टर्की र भारतबाट नेपाल भित्र्याएको विभागले जनाएको छ । युएईबाट मात्रै १५ अर्ब २३ करोड ४१ लाख रुपैयाँ बराबरको सुन आयात भएको विभागको तथ्यांकले देखाएको छ । युएईबाट १९ लाख १ हजार ८ सय ग्राम सुन आयात गरेको १८ लाख ५०० सय ग्राम सुन आयात भएको छ ।

त्यस्तै, टर्कीबाट ८८ करोड ८३ लाख रुपैयाँ बराबरको एक लाख ग्राम सुन आयात हुँदा भारतबाट २२ हजार रूपैयाँको सुन आयात भएको विभागको तथ्यांकमा देखिन्छ ।

गत आर्थिक वर्षको सोही अवधिसम्म १६ अर्ब ४६ करोड ९२ लाख ४३ हजार रुपैयाँको सुन आयात भएको थियो । गत वर्षको तुलनामा यस वर्षको सुनको आयात घटेको छ ।

फागुनसम्म ११ करोड ५८ लाख ४६ हजार रुपैयाँ बराबरको चाँदी आयात भएको छ । यो अवधिमा १२ लाख १९ हजार २३१ ग्राम बराबर चाँदी आयात भएको देखिन्छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ६७ करोड ४७ लाख २४ हजार रूपैयाँ बराबरको चाँदी आयात भएको थियो । गत वर्षको तुलनामा चाँदीको पनि आयात घटेको देखिन्छ ।

पछिल्लो समय देखिएको आर्थिक शिथिलताकै कारण सुनको आयात कम भएको देखिन्छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.