२०८१ श्रावण १२
Home Sports प्रधानमन्त्री प्रचण्डलाई भेट्दै आईसीसी अध्यक्ष ग्रेग

प्रधानमन्त्री प्रचण्डलाई भेट्दै आईसीसी अध्यक्ष ग्रेग

by laganisutra

काठमाडौं । नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० का अध्यक्ष ग्रेग बार्कलेले आज प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डलाई भेट्दैछन् ।

नेपाल क्रिकेट संघ ९क्यान० का कोषाध्यक्ष पदम खड्काका अनुसार ग्रेग बार्कले र प्रचण्डबीच दिउँसो साढे दुई बजे भेट हुनेकार्यकम छ । त्यसअघि युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसँग दिउँसो १ बजे भेट्ने कायर्कम्र छ । अर्थमन्त्री वर्षमान पुनसँग पनि भेट गर्नेछन् । तर अर्थमन्त्रीसँग समय भने पक्का भएको छैन ।

मंगलबार बार्कले टीयु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान निरिक्षण गरेका थिए । दुवै मैदान बातावरणीय रुपमा राम्रो भएको बताउँदै सरकारले थप भौतिक संरचनामा लगानी गर्नुपर्ने बताएका थिए ।

सोमबार नेपाल आएका उनी शुक्रबार फर्किनेछन् । आइतबार भारतमा सम्पन्न वुमन्स प्रिमियर लिगको फाइनलपछि उनी नेपाल हुँदै फर्किन लागेका हुन् । नेपालले २०२७ मा महिला यू१९ विश्वकपको सह आयोजकको जिम्मा पाएको छ । बंगलादेश र नेपालमा यू१९ विश्वकपका खेलहरु हुनेछन् ।

उक्त विश्वकपको लागि नेपालको टीयु र मुलपानी मैदान निरिक्षण गर्न उनी नेपाल आएका हुन् । त्यसक्रममा सरकारका विभिन्न उच्चतहका ब्यक्तिसँग पनि भेटेर नेपाली क्रिकेट विकासमा सल्लाह र सुझाव लिएका छन् ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.