२०८१ जेष्ठ ७
Home Politics राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता : प्रधानमन्त्री

राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता : प्रधानमन्त्री

by laganisutra

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन् ।

राष्ट्रिय सेवा दलद्वारा सञ्‍चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हुने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले युवा सशक्तीकरण तालिमले सामर्थ्यवान्, उद्यमशील, सिर्जनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू तयार गरी राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिन सक्ने सक्षम युवाहरू उत्पादनमा सरकार हरसम्भव प्रयासरत गरेको बताए ।

‘नेपालको प्रत्येक राजनीतिक परिवर्तन तथा सामाजिक रूपान्तरणहरूमा युवाको महत्त्वपूर्ण योगदान रहँदै आएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘साहस, सिर्जनशीलता, सिक्ने क्षमता तथा आत्मविश्‍वास उच्च रहने युवा वर्गलाई राष्ट्र निर्माणको प्रमुख स्रोत र पहरेदारसमेत मानिन्छ ।’

युवाको नेतृत्व विकास, नैतिक आचरण र अनुशासनमा निखार ल्याउँदै सबल, सभ्य र सचेत नागरिक बनाउन राष्ट्रिय सेवा दल तालिम उपयोगीसिद्ध रहने गरेको आफूले पाएको प्रधानमन्त्रीले बताए ।

प्रधानन्त्रीले विविध परम्परा, संस्कृति र संस्कारको प्रतिनिधित्व गर्दै नेपालको विभिन्न स्थानबाट आई तालिममा सहभागी भएका युवालाई एउटै छानामुनि बसेर सैनिक कला तथा समसामयिक विषयका ज्ञान आर्जन गर्नुका साथै एक–अर्काको परम्परा, मूल्य, मान्यता, संस्कृति र संस्कार बुझ्ने मौका प्राप्त भएको उल्लेख गरे ।

तालिमले युवालाई अनुशासित, मर्यादित र मुलुकप्रति समर्पित नागरिक बनाउनुका साथै विपतकाे समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादनमा अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको प्रधानमन्त्रीले उल्लेख गरे ।

‘दीक्षित युवाले राष्ट्रलाई आवश्यक परेको समयमा निःस्वार्थ सेवाभावबाट समर्पित भई एक कर्मठ नेपाली नागरिकका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तालिमको दौरान तपाईंहरूले हासिल गरेका ज्ञानले उक्त कार्यका लागि अभिप्रेरित गर्नेछ भन्‍ने विश्‍वास लिएको छु ।’

युवाको व्यक्तित्व विकास गर्ने उद्देश्यले २०२२ सालदेखि ‘अनुशासन राष्ट्र सेवाको मूल जग हो’ भन्ने मान्यतामा आधारित रहेर राष्ट्रिय सेवा दलको तालिम थालिएको थियो । समारोहमा क्याडेट छात्रछात्राले विभिन्न कला तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा प्रधानमन्त्री एवं राष्ट्रिय सेवा दलका संरक्षक दाहालले क्याडेट छात्रछात्रालाई दज्र्यानी चिह्न तथा पुरस्कार र प्रशंसापत्र वितरण गरेका थिए । समारोहमा राष्ट्रिय सेवा दलका सहसंरक्षक एवं रक्षामन्त्री, प्रधानसेनापतिलगायत उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.