२०८१ श्रावण १२
Home Business बजारमा थपियो १ अर्ब ३ करोड कित्ता धितोपत्र

बजारमा थपियो १ अर्ब ३ करोड कित्ता धितोपत्र

by laganisutra

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको ७ महिनामा बजारमा कुल १ अर्ब ३ करोड ३९ लाख कित्ता धितोपत्र थपिएको छ ।

कुल ८२ अर्ब ५६ करोड ८६ लाख रुपैयाँ बराबरको धितोपत्र थप भएको नेपाल स्टक एक्स्चेन्जको तथ्यांक छ । एक्स्चेन्जका अनुसार ७ महिनामा साधारण सेयर, हकप्रद सेयर, बोनस सेयर तथा एफपीओ गरी कुल १ अर्ब ३ करोड ३९ लाख कित्ता धितोपत्र सूचीकृत भएको छ ।

६५ अर्ब ८६ करोड रुपैयाँको साधारण सेयर, १० अर्ब ५९ करोड रुपैयाँको बोनस सेयर, ६ अर्ब १० करोड रुपैयाँको हकप्रद सेयर र ३ करोडको एफपीओ सूचीकृत भएको तथ्यांक छ । वाणिज्य बैंकहरुको ४२ करोड ४० लाख ८० हजार कित्ता, विकास बैंकहरुको ८५ लाख ६२ हजार, बीमा कम्पनीहरुको ३० करोड ३९ लाख ४२ हजार, फाइनान्स कम्पनीहरुको २३ लाख ६ हजार, माइक्रोफाइनान्स कम्पनीहरुको ५२ लाख ९५ हजार, हाइड्रोपावर कम्पनीहरुको १५ करोड ९२ लाख ७२ हजार तथा अन्य विभिन्न समूहका कम्पनीहरुको १३ करोड ४ लाख ७६ हजार बढी कित्ता धितोपत्र थपिएको छ ।

यो ७ महिनाको अवधिमा धितोपत्र बोर्डले कुल ९ अर्ब ८१ करोड रुपैयाँ बराबरको साधारण सेयर, ६ अर्ब २ करोडको डिवेन्चर, ५ अर्ब ४६ करोडको हकप्रद सेयर र ३ अर्ब ५० करोडको म्युचुअल फण्डसहित कुल २४ अर्ब ७८ करोड रुपैयाँको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.