२०८१ बैशाख २७
Home Business सेयर बजारमा दोहोरो अंकको गिरावट, कस्ले कमाए कस्ले गुमाए ?

सेयर बजारमा दोहोरो अंकको गिरावट, कस्ले कमाए कस्ले गुमाए ?

by laganisutra

काठमाडौं। साताको पहिलो कारोबार दिन सेयर दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० को विन्दुमा बन्द भएको हो।

आज ३०९ कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८ करोड २७ लाख रुपैयााको सेयर कारोबार भएको छ । आज ६७ कम्पनीको सेयर मुल्य बढेको छ भने १७३ कम्पनीको शेयर मुल्य घटेको छ । आज दुई उपसूचक बाहेक सबै उपसूचकमा गिरावट देखिएको छ ।

आज सबैभन्दा धेरै गालेबल आइएमई लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस लघुवित्तका लगानीकर्ताले ९.७० प्रशिततका दरले कमाएका हुन् । आज एनआइसी एशिया ग्रोथ फण्ड २ का इकाईधनीले ८.४५ प्रतिशतका दरले कमाएका छन् । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशलमव ८० प्रतिशतका दरले कमाएका छन् ।

आज सोनापुर मिनरल्‍स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १३ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

शिवम सिमेन्ट ९ करोड ३ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स ८ करोड ३० लाख रुपैयाँ,बोटलर्स नेपाल (तराई) ५ करोड ८८ लाख रुपैयाँ,जोशी हाइड्रोपावर ४ करोड ९९ लाख रुपैयाँ,मोलुङ हाइड्रोपावर ४ करोड ५० लाख रुपैयाँ,घोराही सिमेन्ट ३ करोड ९४ लाख रुपैयाँ,हिमालयन डिस्टिलरी ३ करोड ८९ लाख रुपैयाँ,आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स ३ कोड ५३ लाख रुपैयाँ,ङादी ग्रुप पावर ३ करोड ३१ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.