२०८१ श्रावण १२
Home Business नेपालका दुई परियोजनामा विश्व बैंकको २६ अर्ब ऋण लगानी गर्ने

नेपालका दुई परियोजनामा विश्व बैंकको २६ अर्ब ऋण लगानी गर्ने

by laganisutra

काठमाडौं । विश्व बैंकले नेपालका दुई परियोजनामा २६ अर्ब ४० करोड रुपैयाँ (२० करोड अमेरिकी डलर) ऋण लगानी गर्ने भएको छ।

विश्व बैंकको कार्यकारी निर्देशक सम्मिलित बोर्ड बैठकले ग्रिन, रेजिलेन्ट एन्ड इन्क्लुसिभ डेभलपमेन्ट (ग्रिड) र प्रादेशिक तथा स्थानीय सडक सञ्जालको विकास तथा मर्मतसम्भारमा सघाउने गरी ऋण लगानीको निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

‘सेवा र पूर्वाधार क्षेत्रमार्फत हाम्रा यी नयाँ परियोजनाले नेपालका नागरिकको जीवनस्तर सुधारमा सहयोग पु¥याउनेछ,’ विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि आवासीय निर्देशक फेरिस हदाद जभसले भने।

विश्व बैंकका अनुसार कुल सहयोगमध्ये १३ अर्ब २० करोड ऋण नेपालको राजस्व संकलनमा सुधार ल्याउन, ऋण व्यवस्थापनमा पारदर्शिता अभिवृद्धिलगायतका प्रयोग हुनेछ। यो रकम प्रत्यक्ष वैदेशिक लगानी प्रक्रिया स्वचालित बनाउनमा समेत प्रयोग हुने बताइएको छ।

विश्व बैंकले १३ अर्ब २० करोड रुपैयाँ ऋण प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रममा खर्चिइने जनाएको छ। ऋण लगानीले नेपालमा सेवा प्रवाहमा प्रभावकारिता ल्याउने, स्थानीय समुदायको बजारमा सहज पहुँच पुग्ने र केही निश्चित प्रादेशिक सडक तथा पुलको भारवहन क्षमता विस्तारमा सहयोग पुग्ने विश्व बैंकको अपेक्षा छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.