२०८१ श्रावण १२
Home Business नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बनायो सेयरधनीको हात रित्तो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बनायो सेयरधनीको हात रित्तो

by laganisutra

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको सभा आगामी चैत २० गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

बैंकले लाभांशको प्रस्तावबिनै साधारणसभा बोलाएको हो । सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

सभामा बैंकको सहायक कम्पनी एनआईबीएल एस क्यापिटल र एनआइएबीएल स्टक मार्केट्सको गत आवको वित्तीय विवरणहरु समेत पारित गरिनुका साथै संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले आगामी फागुन २४ गतेदेखि साधारण सभाको मितिसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.