२०८१ श्रावण १२
Home Business माछापुच्छ्रे बैंकले सुरु गर्यो भिडियो केवाईसी सेवा

माछापुच्छ्रे बैंकले सुरु गर्यो भिडियो केवाईसी सेवा

by laganisutra

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भीडियो केवाईसी सेवाको शुभारम्भको गरेको छ ।

उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरुले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसीमा आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सकिने बैंकले जनाएकाे छ ।

यस भिडियो केवाईसीमार्फत खाता खोल्दा ग्राहकहरु बैंकमा केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनुपर्ने छैन् ।

यो सेवाबाट देश भित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले विश्वको कुनै पनि ठाउँमा बसेर २४सै घण्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवामार्फत आफ्नो खाता एक्टिभेट गर्न सक्ने छन् ।

साथै सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने छ । हाल बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको छ जसमा भीडियो केवाईसी सेवाको उपयोग गरी बैंक सम्म पुग्नु पर्ने झन्झट हटेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.