२०८१ श्रावण १२
Home Politics खगेन्द्र अधिकारीले आफ्ना काला कर्तुतहरुमा पर्दा हाल्न भ्रम छर्न खोजे : क्रान्तिकारी

खगेन्द्र अधिकारीले आफ्ना काला कर्तुतहरुमा पर्दा हाल्न भ्रम छर्न खोजे : क्रान्तिकारी

by laganisutra

काठमाडौं । अखिल (क्रान्तिकारी)ले आफ्ना काला कर्तुतहरुमा पर्दा हाल्नकै लागी क्रान्तिकारी आन्दोलनविरुद्ध भ्रम नछर्न चेतावनीको छ ।

केही दिन पहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलाई कालोमोसो लगाइएको विषयलाई लिएर आफ्नो संगठनको बदनाम गर्ने उद्देश्यले बाह्रखरी अनलाइनमा समाचार प्रकाशित भएकोमा पनि गम्भीर ध्यानाकर्षण भएको बताउँदै सो संगठनका संयोजक डीबी शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उक्त समाचारले फर्जी विषय बनाएर विषयान्तर गर्न खोजेको र खगेन्द्रप्रसाद अधिकारीका काला कर्तुतहरुमा पर्दा हाल्ने र क्रान्तिकारी आन्दोलनका विरुद्ध विषवमन गर्ने दुष्प्रयास योजनावद्धरुपमा गरेको छ ।”

क्रान्तिकारीले सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीसँग आफूहरुले पैसा नमागेको स्पष्ट पारेको छ। साथै खगेन्द्र प्रसाद अधिकारीसँग चन्दा मागेको प्रमाण प्रस्तुत गर्न समेत चुनौती दिएको छ ।

“संगठनले निज खगेन्द्र प्रसाद अधिकारीसँग चन्दा मागेको प्रमाण प्रस्तुत गर्न चुनौती दिन चाहन्छौँ,” शाहीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, “पदीय दुरुपयोग गरी कमाएको अकुत सम्पत्ति तुरुन्त राज्यलाई बुझाउन पनि हामी चेतावनी दिन चाहन्छौँ । साथै सीटीईभीटीमा प्रवेश निषेध गर्न र उपाध्यक्षलाई बर्खास्त गर्न शिक्षा मन्त्रालयको पनि ध्यानाकर्षण गराउन चाहन्छौँ । भ्रष्टाचारीलाई संरक्षण गर्ने जो कोहीको पनि कडा प्रतिवाद गरिने कुराको जानकारी पनि यसै विज्ञप्तिमार्फत् गराउन चाहन्छौँ ।”

केही दिन पहिले परिषदका उपाध्यक्ष अधिकारीलाई बिभिन्न १२ ओटा आरोप लगाएर उनको कार्यकक्षमा नै गएर कालोमोसो लगाएको थियो ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.