२०८१ श्रावण १२
Home MarketIPO इस्टर्न सहाराले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने

इस्टर्न सहाराले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने

by laganisutra

काठमाडौं । इस्टर्न सहारा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ३० लाख कित्ता सेयर जारी गर्नेछ । कम्पनीले सेयर सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । सेयर निष्कासन तथा बिक्रीसम्बन्धी दुवै पक्षबीच सम्झौता भएको छ ।

इस्टर्नले छरिएर रहेका स–साना पुँजीलाई एकीकृत रूपमा परिचालन गरी ग्रिन फाइनान्सिङ र प्रमोट गर्ने तथा कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्ने परियोजनामा लगानी गर्ने उद्देश्य राखेको बताइएको छ । हाल कम्पनीले जलविद्युत्, कृषि पर्यटन, अटोमोबाइल्स, सौर्य ऊर्जाका क्षेत्रसँग सम्बन्धित परियोजनामा लगानी गरेको छ ।

बैंकिङ, सहकारी, लघुवित्त तथा हाइड्रोपावर क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरू, ख्यातिप्राप्त व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट तथा अन्य प्रोफेसनललगायतका प्रबुद्ध व्यक्तिहरूको समूहद्वारा संस्थापित र सञ्चालित यस कम्पनीले स्वःपुँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधीकरण गरी मुलुकको ग्रिन फाइनान्सिङमा टेवा पुर्‍याई आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्य लिएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.