२०८१ श्रावण १२
Home Business सेयर बजारमा १४ अंकको गिरावट, ३ अर्बमाथिको कारोबार

सेयर बजारमा १४ अंकको गिरावट, ३ अर्बमाथिको कारोबार

by laganisutra

काठमाडौं । सेयर बजार कारोबार दिन बिहीबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १४.४६ अंकले घटेर २०६२.०३ को विन्दुमा बन्द भएको छ।

आज ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ करोडमाथिको सेयर कारोबार भएको छ । आज ७९ कम्पनीको सेयर मुल्य बढेको छ भने १६३ कम्पनीको मुल्य घटेको छ ।

आज बजार घट्दा पनि ७९ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । यी कम्पनीको सेयर मुल्य बृद्धि भएको छ । आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । छ्याङदी हाइड्रोका लगानकिर्ताले ८.०१ प्रतिशतका दरले कमाएका छन् । जोशीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका हुन् । आज यस कम्पनीक ालगानीकर्ताले ५ दशलमव ७० प्रतिशतका दरले कमाएका हुन् ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सगरमाथा जलविद्युत ११ करोड ५९ लाख रुपैयाँ,जोशी हाइड्रोपावर १० करोड ७५ लाख रुपैयाँ,एनआईसी एशिया बैंक ८ करोड ७० लाख रुपैयाँ,हिमालयन ऊर्जा ८ करोड ५७ लाख रुपैयाँ,ङादी ग्रुप पावर ८ करोड १६ लाख रुपैयाँ,मोलुङ हाइड्रोपावर ७ करोड १४ लाख रुपैयाँ,पिपुल्स हाइड्रोपावर ६ करोड ९७ लाख रुपैयाँ,पाँचथर पावर ६ करोड ७२ लाख रुपैयाँ,युनाइटेड मोदी हाइड्रोपावर ६ करोड ३४ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.