२०८१ जेष्ठ ७
Home Business लगातार घट्दै बैंकको ब्याजदर

लगातार घट्दै बैंकको ब्याजदर

by laganisutra

काठमाडौं । वाणिज्य बैंकहरूले निक्षेपमा प्रदान गर्ने ब्याजदर झनै घटाएका छन्। पाँच महिनादेखि घटिरहेको निक्षेपको ब्याजदर फागनुमा वर्षकै तल्लो बिन्दुमा आइपुगेको हो।

गत असोजमा वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा प्रदान गर्ने अधिकतम ब्याजदरको औसत १०।२६ प्रतिशत थियो। फागुनका लागि तय भएको यस्तो ब्याजदरको औसत ७।७५८ प्रतिशतमात्र छ।

नेपाल राष्ट्र बैंकले बैंकहरूका लागि आगामी महिना प्रदान गर्ने ब्याजदर महिनाको मसान्तअघि नै प्रकाशन गर्नुपर्ने निर्देशन दिएको छ। सोही व्यवस्थाअनुसार वाणिज्य बैंकले सोमबारअगावै ब्याजदर सार्वजनिक गरेका हुन्।

प्रकाशित ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेप ९फिक्स्ड डिपोजित० खातामा एनएमबी बैंकले सबैभन्दा ब्याज दिने गरी ब्याजदर प्रकाशित गरेको छ। एनएमबीले अघिल्लो महिनाभन्दा ०।५ प्रतिशत कम ब्याजदर दिनेछ। माघमा यस्तो दर ९ प्रतिशत रहेकामा बैंकले फागुनका लागि ८।५ प्रतिशत कायम गरेको हो।

दोस्रो धेरै ब्याज सिटिजन्स बैंक इन्टरनेसनले दिनेछ। सिटिजन्सले फागुनमा जम्मा हुने मुद्दती निक्षेपमा अधिकतम वार्षिक ८।२५ प्रतिशत ब्याज दिनेछ। फागुनमा ८ प्रतिशत बढी ब्याज दिने बैंकहरू हिमालय, कुमारी र नेपाल एसबीआई हुनेछ। हिमालयनले ८।१५ प्रतिशत, कुमारीले ८।०१ प्रतिशत र नेपाल एसबीआईले ८।१ प्रतिशत ब्याज दिने कबोल गरेका छन्।

फागुनमा जम्मा हुने निक्षेपमा एभरेस्ट, लक्ष्मी सन्राइज, माछापुच्छ्रे, नेपाल इन्भेस्टमेन्ट मेगा, एनआईसी एसिया र सिद्धार्थ बैंकले समान ८ प्रतिशत ब्याज दिनेछन्। कृषि विकास बैंकबाहेक अन्य बैंकको ब्याजदर ७ प्रतिशतभन्दा बढी छ। कृषि विकासले भने फागुनका लागि सबैभन्दा कम ६।४४ प्रतिशत ब्याज दिने घोषणा गरेको छ।

नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार वाणिज्य बैंकले अघिल्लो महिना कायम औसत ब्याजदरको १० प्रतिशतले मात्र ब्याजदर हेरफेर गर्न सक्छन्। माघको औसत व्याजदर ८।१७ रहेकामा कृषि विकास र सिटिजन्सले अधिकतम दरले ब्याजदर घटाएका छन्।

असोजमा १०।२६ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत अधिकतम ब्याजदर कात्तिकमा ९।९६, मंसिरमा ९।६१, पुसमा ८।९९, माघमा ८।१७ र फागुनमा ७।७६ प्रतिशत कायम भएको हो।

निक्षेपको ब्याजदर सस्तिएपछि कर्जाको ब्याजदर पनि घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार पुसमा वाणिज्य बैंकहरूको औसत आधार दर ९।३५ प्रतिशत, विकास बैंकहरूको ११।४९ प्रतिशत र वित्त कम्पनीहरूको १२।७७ प्रतिशत रहेको छ। यसैगरी निक्षेपको भारित औसत ब्याजदर ७।३२ प्रतिशत, विकास बैंकहरूको ८।५५ प्रतिशत र वित्त कम्पनीहरूको ९।६२ प्रतिशत रहेको छ।

त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० पुसमा वाणिज्य बैंकहरूको ११।३८ प्रतिशत, विकास बैंकहरूको १३।१४ प्रतिशत र वित्त कम्पनीहरूको १४।०९ प्रतिशत रहेको छ। २०७९ पुसमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२।७९ प्रतिशत कायम भएको थियो।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.