२०८१ बैशाख २७
Home Business रिडी पावरले हकप्रदबाट ७७ करोड ४४ लाख उठाउँदै

रिडी पावरले हकप्रदबाट ७७ करोड ४४ लाख उठाउँदै

by laganisutra

काठमाडौं । नोक्सानीमा रहेको रिडी पावरले हकप्रद सेयर निष्कासन गरेर ७७ करोड ४४ लाख रुपैयाँ उठाउने भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनी ९ करोड २६ लाख रुपैयाँ नोक्सानीमा छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९६ पैसा ऋणात्मक छ ।

यस्तो अवस्थामा रहेको कम्पनीले फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १ सय रुपैयाँका दरले कुल ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो ।

माघ २१ गतेसम्म सेयर खरिद तथा होल्ड गरेका लगानीकर्ताले यस कम्पनीको हकप्रदमा चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आफ्नो सहायक कम्पनी साझा पावर डेभलपमेन्टमार्फत तल्लो बलेफी जलविद्युत् आयोजनामा स्वपूँजी लगानी गर्नका लागि हकप्रद सेयर निष्कासन गर्न लागिएको जनाएको छ ।

४ अर्ब ४० करोड रुपैयाँ अनुमानित लागत रहेको तल्लो बलेफी आयोजनामा यस कम्पनीको सहायक कम्पनी साझा पावर डेभलपमेन्टले ७८ करोड लगानी गर्ने जनाएको छ ।

हाल रिडी पावरले रिडीखोला जलविद्युत् आयोजना (२.४ मेगावाट), बुटवल सोलार (८.५ मेगावाट), इवाखोला (९.९ मेगावाट), रैराङखोला (५०० किलोवाट) जस्ता साना आयोजनाहरु सञ्चालन गरिरहेको छ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.