२०८१ जेष्ठ ७
Home EconomyInternational भारतमा नयाँ बजेट : थप २ करोड महिलालाई लखपति बनाउने, ७८ लाख सडक व्यापारीलाई ऋण दिने

भारतमा नयाँ बजेट : थप २ करोड महिलालाई लखपति बनाउने, ७८ लाख सडक व्यापारीलाई ऋण दिने

by laganisutra

काठमाडौं । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालको अन्तिम बजेट पेस गर्नुभएको छ ।

यो बजेटमा करदाताका लागि कुनै नयाँ छुट दिइएको छैन । स्टार्टअपका लागि कर छुट एक वर्षका लागि बढाइएको छ । यस्तै चार करोड किसानलाई बिउबिजन बीमाको फाइदा मिल्ने अर्थमन्त्रीले बताउनुभयो । यसैगरी ७८ लाख सडक व्यापारीलाई ऋण सहायता दिने, सौर्य प्रणालीबाट बत्ती बाल्ने एक करोड परिवारलाई तीन सय युनिट बिजुली निःशुल्क दिने बजेटमा उल्लेख छ ।

भाषणकै क्रममा अर्थमन्त्री सीतारमणले अहिलेसम्म झन्डै एक करोड महिला लखपति बनेको र अब त्यो सङ्ख्यालाई तीन करोड बनाउने लक्ष्य रहेको बताइन् । सरकारले मध्यम आय भएका व्यक्तिले घर किन्न सक्ने योजना ल्याउने उनको भनाइ छ ।

अर्थमन्त्री सीतारमणले यस पटक बजेट भाषण झन्डै एक घण्टासम्म पढ्नुभयो । उनले सबैभन्दा लामो बजेट भाषण सन् २०२० मा गर्नुभएको थियो, त्यो बेला उहाँले दुई घण्टा ४० मिनेटसम्म बजेट भाषण पढ्नुभएको थियो ।

अर्थमन्त्रीको रूपमा निर्मला सीतारमणले मोदी सरकारको छैटौँ बजेट पेस गर्नुभएको हो । यो अन्तरिम बजेट हो । आउँदो मेमा लोकसभा चुनावपछि आउने नयाँ सरकारले आमबजेट पेस गर्नेछ ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.