२०८१ श्रावण १२
Home Business गरिमा विकास बैंकले कमायो ५१ करोड नाफा, अन्य सूचक कस्ता छन् ?

गरिमा विकास बैंकले कमायो ५१ करोड नाफा, अन्य सूचक कस्ता छन् ?

by laganisutra

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा थोरै बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेपनि खराब कर्जा बढी इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा थोरै मात्र बढ्न पुगेको हो।

बैंकको खुद ब्याज आम्दानी १४.४० प्रतिशत बढेर एक अर्ब ८० करोड ५० लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा एक ५७ करोड ७७ लाख रुपैयाँ खुद ब्याज कमाएको छ ।

बैंकको सञ्चालन मुनाफा पनि २.१० प्रतिशतले बढेर ७३ करोड १७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो मुनाफा ७१ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा १.८९ प्रतिशतबाट बढेर २.९५ प्रतिशत पुगेको छ। यससँगै बैंकको इम्पेरमेन्ट चार्ज ३५ करोड १९ लाख रुपैयाँबाट बढेर ५४ करोड १ लाख रुपैयाँ पुगेको छ। जसका कारण खुद नाफामा दबाब पुगेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ करोड ३१ लाख रुपैयाँ रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ८२ पैसा रहेको छ।

नाफासँगै बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ३० पैसा घटेर १८ रुपैयाँ ६ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २१.३७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४७ पैसा रहेको छ।

५ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ । पुसको अन्त्यसम्ममा बैंकले ७८ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.